संसद भवनअघि भूतपूर्व गोर्खा सैनिकको प्रदर्शन, बेलायती प्रधानमन्त्री कार्यालयअघि अनसन बस्ने चेतावनी – Nepal Press

संसद भवनअघि भूतपूर्व गोर्खा सैनिकको प्रदर्शन, बेलायती प्रधानमन्त्री कार्यालयअघि अनसन बस्ने चेतावनी

काठमाडौं । भूतपूर्व ब्रिटिश गोर्खा सैनिकले नेपाल र बेलायत सरकारलाई आफ्नो माग पूरा गरिदिन आग्रह गर्दै नयाँ बानेश्वरस्थित संसद भवनअघि प्रदर्शन गरेका छन् । प्रदर्शनमा सत्याग्रह संघर्ष समिति नेपालका संयोजक एलबी घिसिङले गोर्खाली सैनिक २०७ वर्षदेखि ब्रिटिशको विभेदको सिकार भएको बताएका छन् ।

संयोजक घिसिङले उक्त अपमान र पीडा सबै नेपालीहरुको भएकोले सरकार, सदन र सडकमा विषय उठाइदिन माग गरे । घिसिङले आफ्ना मागहरुमा चासो दिएर सम्बोधन नगरे २१ जुलाईबाट बेलायती प्रधानमन्त्री कार्यालयअघि आमरण अनसन बस्नेसमेत चेतावनी दिए ।

बेलायती सरकारले नेपाली ब्रिटिश सैनिकहरुलाई दासको जस्तो व्यवहार गरेको उनको आरोप छ ।

३२ वर्षदेखि समानता, सम्मान र इज्जतका लागि संघर्षरत रहेको जनाउँदै घिसिङले ३ मेमा अल्टिमेटम दिएपनि चासो नदिएकोले १५ जुन २०२१ मा सडक प्रदर्शन गरेर बेलायनी प्रधानमन्त्री बोरिस जोनसनलाई पुनः स्मरण गराएको बताए । ब्रिटिश आर्मीसरह नै गोर्खा ब्रिटिश आर्मीले पनि तलब, पेन्सन र सेवासुविधा पाउनुपर्ने उनीहरुको माग छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *