संसद बैठकमा मिल्यो देउवा र ओलीको हात – Nepal Press

संसद बैठकमा मिल्यो देउवा र ओलीको हात

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् । विश्वासको मतसम्बन्धी प्रस्तावमा मतविभाजन सुरु हुनै लाग्दा प्रतिनिधिसभाको बैठकमा प्रवेश गरेका ओलीले देउवासंग हात मिलाएरै बधाई दिएका हुन् ।

बैठकमा प्रवेश गरेलगत्तै प्रमुख प्रतिपक्षी दलका नेता ओलीले प्रधानमन्त्री देउवा बसेकै स्थानमा पुगेर बधाई दिएका हुन् । प्रारम्भमा देउवाले हात मिलाउन खोजेपनि स्वास्थ्य मापदण्डका कारण हात फिर्ता गरेका थिए । लगत्तै ओली आफैले हात अगाडि बढाएपछि देउवाले पनि हात मिलाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर