देउवालाई पाकिस्तानी समकक्षीको बधाइ, अष्ट्रेलियाले भन्यो : मिलेर काम गर्न इच्छुक छौं – Nepal Press

देउवालाई पाकिस्तानी समकक्षीको बधाइ, अष्ट्रेलियाले भन्यो : मिलेर काम गर्न इच्छुक छौं

काठमाडौं । संसदमा विश्वासको मत हासिल गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई पाकिस्तानी समकक्षी इमरान खानले पनि बधाइ दिएका छन् ।

ट्वीटरमार्फत सन्देश दिँदै उनले देउवाको कार्यकालमा दुई मुलुकले साझा चासोका विषयमा मिलेर काम गर्ने उल्लेख गरेका छन् ।

पाकिस्तान र नेपालबीचको द्धिपक्षीय सम्बन्ध प्रगाढ हुने विश्वास खानले लिएका छन् । आइतबार प्रतिनिधि सभाबाट देउवाले विश्वासको मत हासिल गरेका थिए ।

सोही दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि टेलिफोन र ट्वीटरमार्फत देउवालाई बधाइ दिएका थिए ।

अष्ट्रेलियाले भन्यो : देउवा सरकारसँग मिलेर काम गर्छौं

देउवाले विश्वासको मत हासिल गरेपछि अष्ट्रेलियाली राजदूत फेलिसिटी भल्कले पनि विज्ञप्ति जारी गर्दै बधाइ तथा शुभकामना दिएकी छिन् । नयाँ सरकारसँग मिलेर काम गर्न अष्ट्रेलिया इच्छुक रहेको जनाउँदै उनले नेपाललाई सहयोग गर्न प्रतिबद्ध रहेको पनि जनाएकी छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर