काठमाडौंका विद्यालयमा अनिवार्य नेवारी भाषा पढाउन महानगरको ताकेता – Nepal Press

काठमाडौंका विद्यालयमा अनिवार्य नेवारी भाषा पढाउन महानगरको ताकेता

काठमाडौंका विद्यालयमा अनिवार्य नेवारी भाषा पढाउन महानगरको ताकेता

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अबदेखि नेवारी भाषाको अनिवार्य पठनपाठन सुरु गरिने भएको छ । काठमाडौं महानगरले सबै विद्यालयलाई पत्र पठाउँदै अनिवार्यरुपमा नेवारी भाषा पढाउन ताकेता थालेको छ ।

महानगरको निर्देशनसँगै अब काठमाडौं महानगरपालिकाभित्र अध्ययनरत बालबालिकाले नेवारी भाषा पढ्नुपर्ने भएको छ । १ सय पूर्णाङ्कको नेपाल भाषा (नेवारी भाषा) लाई अनिवार्य विषयको रुपमा राखिएको हो ।

साथै, महानगरले सामुदायिक मात्र नभएर निजी विद्यालयमा पनि नेवारी भाषालाई अनिवार्य गर्न ताकेता गरेको हो ।

शिक्षा अधिकृत मोतिराज खनालले यस्तो जानकारी दिए । उनका अनुसार नेपाल भाषा अनिवार्य भएको र १ सय पूर्णांकको पढाइ हुनेछ । यस्तो निर्णय गत वर्ष असोज १९ मा बसेको महानगरपालिकाको ५१ औं बैठकले गरेको हो ।


प्रतिक्रिया

2 thoughts on “काठमाडौंका विद्यालयमा अनिवार्य नेवारी भाषा पढाउन महानगरको ताकेता

  1. सहि हो। समर्थन छ। कमसेकम, बर्णमाला र दैनिक जिबनमा बोलीने महत्वपुर्ण शब्दहरुको पुस्तक पनी प्रकाशीत भई सहज उपलब्धता भए अन्य राष्ट्रिय भाषाहरु जान्न सजीलो हुन्थ्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *