तेलको चोरी रोक्न निगमले २५ करोड खर्च गरेर सुरु गर्‍याे इआरपी प्रणाली – Nepal Press

तेलको चोरी रोक्न निगमले २५ करोड खर्च गरेर सुरु गर्‍याे इआरपी प्रणाली

काठमाडौं । नेपाल आयल निगमले इन्टरप्राइज रिसोर्स प्लानिङ (इआरपी) सिस्टम लागू गरेको छ । हिजोबाट इआरपी प्रणाली लागू भएको हो । अब निगमका सबै काम डिजिटल प्रणालीबाट हुने छन् ।

निगमले २५ करोड खर्च गरेर इआरपी प्रणालीको सुरु गरेको हो । अब पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करको लोड, अनलोड र रुटमा अनलाइन निगरानी हुने छ । इआरपी प्रणाली लागू भएपछि पेट्रोलियम पदार्थको चोरी रोकिने छ ।

निगमका अनुसार इआरपी प्रणालीबाट नै बिक्री वितरण, प्रशासन र इन्जिनियरिङ लगायतका सबै काम सातै प्रदेशका डिपोबाट हुने छ । इआरपी प्रणालीबाट इन्धनको बिलिङ सुरु भइसकेको छ ।

निगरानी र निर्देशन एकै ठाउँबाट हुने भएको हो । एक क्लिकमा देशभरको तथ्यांक हेर्न सकिने निगमको दाबी छ । आर्थिक कारोबार फोनबाटै अनलाइनमार्फत गर्न सकिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर