लुम्बिनी प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा ओली नियुक्त – Nepal Press

लुम्बिनी प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा ओली नियुक्त

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा बाँकेका भीम ओलीलाई नियुक्त गरेको छ ।

तत्कालीन मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष रहेका ओलीलाई मन्त्रि परिषदको बैठकले सदस्य सचिवमा नियुक्त गरेको हो ।
ओली मध्यपश्चिम खेलकुद विकास समितिको अध्यक्ष हुँदा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनामा अग्रणी भूमिका निर्वाह गरेका थिए ।

यो प्रतियोगिता बाँकेमा आयोजना हुँदा बाँकेले करोडौंका खेल पूर्वाधारहरु पाएको पत्रकार झलक गैरेले बताए । आठौं राष्ट्रिय खेलकुद आयोजनाकै लागि बाँकेको नेपालगन्जमा अन्तर्राष्ट्रियस्तरको फुटबल रंगशाला, पौडी पोखरी, सुटिङ रेन्ज लगायतका खेल मैदान बनेका थिए । ओली खजुरा गाँउपालिकाका स्थायी बासिन्दा हुन् ।

प्रदेश खेलकूद विकास ऐन, २०७६ को दफा ३ को उपदफा ३ बमोजिम मिति २०७८०४।०१ देखि लागू हुनेगरी उनलाई प्रदेश खेलकुद परिषद् लुम्बिनी प्रदेशको सदस्य सचिव पदमा नियुक्ति गरिएको हो । शिक्षा तथा सामाजिक विकास मन्त्री धर्मबहादुर लाल श्रीवास्तवले नियुक्त गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *