सैनिक हवल्दार हत्याकाे आराेपमा उनकै साथी पक्राउ
चितवन । भरतपुर -१७ मा मृत भेटिएका सैनिक हवल्दार भरत गुरुङको हत्या आरोपमा उनकै साथी पक्राउ परेका छन् । हत्या आरोपमा भरतपुर-२१ का गंगाधर ढकाल भरतपुर-२० चनौलीबाट पक्राउ परेका हुन् ।
उनी दि फेमस महिन्द्र दल गण शिवपुरीमा कार्यरत सिपाही हुन् । भरतले जग्गा पासका लागि चितवन आउनुपर्ने भनेर खबर गरेपछि गंगाधर उनलाई लिन काठमाडौं पुगेका थिए । गंगाधरको मोटरसाइकलमा चितवन आएर उनीहरु होटलमा बसेका थिए ।
भरतले बोकेर ल्याएको झोला भरतपुर-११ शारदानगरस्थित माइला बुबाको घरमा राखेर सँगै घुम्न निस्केका थिए । खाजासहित अत्यधिक रक्सी खुवाएर गंगाधरले भरतलाई घुमाएका थिए ।
पिसाव फेर्ने बहानामा मोटरसाइकलबाट झरेपछि गंगाधरले भरतलाई दायाँ कानबाट गोली हानेर हत्या गरी कुलोमा फालेर भागेकाे प्रहरीको भनाइ छ । गंगाधारले हत्यामा प्रयोग भएको एसएमजी बन्दुक बीसहजारी ताल गेट नजिक फालेकाे एसपी ओमप्रसाद अधिकारीले बताए ।
२ गते भरत ग्लोबल बैंकको खाली चेक लिएर आएपछि गंगाधारले १ लाख आफूले राखेर श्रीमतीलाई ६ लाख र बुबालाई २ लाख दिएका थिए । मृतक ३६ वर्षीय भरत गुरुङ धादिङ नीलकण्ठ १३ का हुन् ।
साह्रै ठुलो र बहादुरी काम गरेछस बज्जिया ! अर्काको पैसा र सम्पत्ति माथी रियाल चुहायर खुबै ठुलो ञाइडिया गरेछस बज्जिया टपरे सन्खे टुप्पे दुने नौनी खइचडि जनै तावे सले सुङुर ! पाप धुरी बाट कराउछ, भनेको सत्ते नै रहेछ । त बज्जिया ले खुबै थुलो काम गरे ! भन-ठाँनेको थिइस होला बज्जिया कुक्कुर साले पशु ! जैल त सिधै हो, तर तिन्का(भरत) परिवार वा आफन्त बाट, भविस्य मा सेम गेम नहोला भन्न सकिन्न हेर बज्जिया ! अझ पैसा पनि सबै लाई बाडि पनि सकेको पो ? खेर ग-ईश सिधै !