सरकारी गाडी जलाएको मुद्दामा जसपाका दुई नेता जेल चलान – Nepal Press

सरकारी गाडी जलाएको मुद्दामा जसपाका दुई नेता जेल चलान

जनकपुरधाम । मधेस आन्दोलनका क्रममा सरकारी गाडी जलाएको मुद्दामा जनता समाजवादी पार्टी (जसपा) जेल चलान भएका छन् ।

बारास्थित कलैया उपमहानगरपालिका ४ का प्रमोद गुप्ता र फेटा गाउँपालिकाका सञ्जय तिवारीलाई जिल्ला अदालत बाराले जेल चलान गरेको हो । गुप्ता संविधानसभा सदस्य र तिवारी जसपाका जिल्ला नेता हुन् ।

२०७४ सालमा मधेस आन्दोलनका क्रममा कलैया अस्पतालको गाडीमा आगजनी गरेको आरोपमा उनी दुवैजनामाथि स्थानीय प्रशासनले मुद्दा चलाएको थियो । अदालतले २०७४ माघ २५ मै दुवै जनालाई ६–६ महिना जेल सजायँ र गाडीमा आगजनी गरी क्षति पुर्याए बापत ९ लाख ८३ हजार ३३३ रुपैयाँ ३३ पैसा पीडितलाई दिनुपर्ने फैसला सुनाएको थियो ।

प्रहरीका अनुसार अदालतले फैसला सुनाएपछि उनीहरु लुकिछिपी बसेकाले पक्राउ पर्न सकिएको थिएन । बिहीबार अदालतमा हाजिर भएपछि दुवैजनालाई बीरगञ्ज कारागार चलाउन गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर