युथ फोर्स भ्याली कमाण्ड घोषणामा एमाले अध्यक्ष ओली किन गएनन् ?
काठमाडौं । नेकपा एमालेको आन्तरिक एकता कायम गर्न सक्रिय रहेका नेताहरुले युथ फोर्स भ्याली कमाण्ड घोषणासभामा नजान आग्रह गरेपछि अध्यक्ष केपी शर्मा ओली अन्तिम समयमा रोकिएका छन् ।
कार्य व्यस्तताका कारण प्रमुख अतिथी पार्टी अध्यक्ष ओली उपस्थित हुन नसकेपछि महासचिव ईश्वर पोखरेललाई प्रमुख अतिथी बनाएर कार्की पार्टी प्यालेसमा युथफोर्सको घोषणा हुँदैछ ।
तर एमाले निकट स्रोतले भने अध्यक्ष ओलीलाई वार्ता प्रक्रियामा रहेका नेताहरुले माधव नेपालसँग भेटघाटको वातावरण बनाइरहेको र एकता प्रक्रियामा असर नपरोस भनेर सो कार्यक्रममा उपस्थित नहुन आग्रह गरेको बताएको छ ।
यसअघि घोषणा कार्यक्रममा ओली आउने भन्दै प्रचार गरिएका थियो । र्यालीका लागि बनाइएको ब्यानरमा ओलीको फोटो राखेर प्रचार गरिएको थियो।
एमालेका दुवै पक्षमा पछिल्लो समय बाहुबली संगठनको घोषणामा प्रतिष्पर्धा जस्तै चलेको छ । संस्थापन पक्षले युथफोर्स ब्युँताएपछि माधवकुमार नेपाल पक्षले अखिल फोर्स बनाएको थियो । बिहीबार मात्रै नेपाल पक्षले नै पिपुल्स भोलेन्टियरको घोषणा गरेको थियो । भक्तपुरमा नेता नेपालकै उपस्थितिमा हजार जानाको पिपुल्स भोलेन्टियर घोषणा भएको थियो ।
पार्टी भित्रको विवाद चर्किदै जाँदा एकअर्काको काउन्टरमा घोषणा भइरहेका यस्ता बाहुबली संगठनको घोषणाले बन्न लागेको सहमतिको वातावरण समेत बन्ने चिन्ता नेताहरुले गरेका छन् ।
यस्तो कार्यक्रममा सहभागि हुँदा उत्तेजक अभिव्यक्ति दिनुपर्ने र यसले पार्टी भित्र बन्न लागेको माहोल समेत थप बिगार्ने भन्दै कार्यदलका सदस्यहरुले जोड गरेपछि ओली हच्किएका हुन् ।
एमाले नेता योगेश भट्टराईले अखिल र युवासंघ जस्ता संगठनलाई ओझेलमा पारेर गठन गरिएका यस्ता फोर्सको औचित्य नहुने बताएका छन् ।
युवा शक्तिलाई देश विकासमा लगाउ ता की देशको उन्नति प्रगति चाडौ हुन सकोस्। दलका अराजक समुह बनाउने कामले स्वयं युवाको ऊर्जाशील समय खेरा गइरहेको छ, अब यस्तो कार्य बन्द गरौँ