स्वास्थ्यचौकीको सामान सार्ने क्रममा लडेर एकजनाको मृत्यु – Nepal Press

स्वास्थ्यचौकीको सामान सार्ने क्रममा लडेर एकजनाको मृत्यु

संखुवासभा । सिलिचोङ गाउँपालिका-१ केवाडाँडाका २१ वर्षीय दिनेश राईको भीरबाट लडेर मृत्यु भएको छ ।

स्वास्थ्य चौकीको सामान सार्नेक्रममा टेवल बोकेर आउँदै गर्दा साँघुरो बाटोका कारण बाटोबाट तल सिसुवा खोलाको दहमा खसेर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, संखुवासभाले जनाएको छ ।

हिजो अपरान्ह भएको घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी सिसुवाटार र जिल्ला प्रहरी कार्यालयको टोली खटाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *