नाडाको अध्यक्षमा चौधरीको उम्मेदवारी घोषणा, के छ एजेण्डा ? – Nepal Press

नाडाको अध्यक्षमा चौधरीको उम्मेदवारी घोषणा, के छ एजेण्डा ?

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसियशनका उपाध्यक्ष करण चौधरीले अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । आज फेसबुकमा स्टाटस् लेख्दै चौधरीले अध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन् ।

चौधरी सीजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक तथा हाल नाडाको कार्यसमितिमा उपाध्यक्ष हुन् । सबै प्रदेशमा नाडा विस्तार भईसकेको अवस्थामा अब संरचनालाई अझै व्यवस्थित र बलियो बनाई संस्थागत रुपमा दरिलो बनाउने उद्देश्यले उम्मेदवारी घोषणा गरेको बताएका छन् ।

अटोमोवाइल व्यवसाय सरकारलाई सर्वाधिक कर बुझाउने एवं निजी क्षेत्रमा ठूला रोजगार प्रदान गर्ने व्यवसाय भएकोले सरकार र व्यवसायी दुवैको उच्चतम हितमा काम गर्न मिल्ने सहज वातावरण बनाउन सरकारको नितिगत रुपमा समेत अटो व्यवसायलाई कसरी सहज बनाउने भन्ने कुरामा काम एजेण्डा रहेको बताएका छन् । हाल नाडाको अध्यक्षमा कृष्णप्रसाद दुलाल छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर