कांग्रेस महामन्त्रीले भने- मन्त्री चयनमा कमजोरी भयो, समयमै सच्चिन जरुरी – Nepal Press

कांग्रेस महामन्त्रीले भने- मन्त्री चयनमा कमजोरी भयो, समयमै सच्चिन जरुरी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सरकारलाई सहयोग गर्न गठित कार्यदलका संयोजक पूर्णबहादुर खड्काले संघीय सरकार र गण्डकी प्रदेशका मन्त्री नियुक्तिमा कमजोरी भएको बताएका छन् ।

खड्काले सोमबार साँझ आफ्नो धारणा सार्वजनिक गर्दै दुवै सरकारको बिस्तारमा पार्टी भित्र र बाहिरबाट आएका प्रतिक्रियालाई सकारात्मक रुपमा लिएर समयमै पाठ सिक्नुपर्ने बताएका छन् ।

खड्काले भनेका छन्- हामी बीचबाट जस-जसको कारणले यो कमजोरी भएको भए पनि कांग्रेस पार्टीको महामन्त्रीको नाताले आम नागरिक र सम्बन्धित सबैसँग क्षमायाचना गर्दछु ।

खड्काले आम नागरिकमा आशा जागृत राख्न तत्काल सच्चिन र भविष्यमा जनतालाई मन नपर्ने कुनै काम नगर्ने विश्वासिलो संकल्प समयमै गर्न जरुरी रहेका बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेकोमा कांग्रेसभित्र अशन्तुष्टी बढेको छ । श्रेष्ठको नियुक्तिलाई लिएर पार्टीभित्र र बाहिरबाट आलोचना भएपछि देउवा निकट महामन्त्री खड्काको यस्तो प्रतिक्रिया आएको हो ।

त्यस्तै गण्डकी सरकारको मन्त्री बनाउने निर्णय भएर पनि दोबाटे बिकलाई बाटोमै रोकेर व्यवसायी बिन्दु थापालाई मन्त्री बनाइएकोमा पनि विरोध भइरहेको छ । श्रेष्ठ र थापा दुवै देउवा पक्षका हुन् तर महामन्त्री खड्काको अशन्तुष्टीलाई अर्थपूर्ण रुपमा लिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर