अहिलेसम्मकै उच्च विन्दुमा नेप्से, १३ अर्ब माथिको कारोबार
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
![](https://www.nepalpress.com/wp-content/uploads/2021/05/nepse-stock-exchange.jpg)
काठमाडौं । नेप्से परिसूचक आज करिब ३१ सय विन्दु नजिक पुगेको छ । आज १५.३० अंकले बढ्दै नेप्सेले अहिलेसम्मकै उच्च ३,०९४.९५ विन्दुमा पुगेको छ । यस अघि हिजो मात्र नेप्सेको उच्च विन्दु ३,०७९ रहेको थियो ।
बजार खुलेको एक घण्टामा नेप्से परिसूचकले ३१ सय विन्दु पार गरेको थियो । आज सबैभन्दा बढी होटल तथा टुरिजम समूहका लगानीकर्ताले ७.९ प्रतिशतले कमाएका छन् ।
बैंकिङ, हाइड्रोपावर, उत्पादन तथा म्यूचल फण्ड समूहको उपसूचक रातो भएको छ । आज युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको सेयर कारोबार सबैभन्दा धेरै ३८ करोड रुपैयाँ बराबरको भएको छ ।
चन्द्रगिरी हिल्सलगायत तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज २ करोड ८१ लाख ७० हजार १७२ कित्ताको किनबेचमा १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५३५ रुपैयाँ बराबरको कारोबार भएको छ ।