कोरोना संक्रमण बढेपछि प्रधानमन्त्रीले बोलाए सीसीएमसी बैठक – Nepal Press

कोरोना संक्रमण बढेपछि प्रधानमन्त्रीले बोलाए सीसीएमसी बैठक

काठमाडौं । मुलुकमा कोरोनाभाइरस संक्रमणमा वृद्धि भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आज अपरान्ह कोभिड-१९ संकट व्यवस्थापन केन्द्र निर्देशक समिति (सीसीएमसी)को बैठक बोलाएका छन् ।

बैठकमा सीसीएमसी अध्यक्ष समेत रहेका प्रधानमन्त्रीलाई पछिल्लो भाइरस संक्रमणको अवस्थाबारे ब्रिफिङ गरिने प्रवक्ता नूरहरि खतिवडाले जानकारी दिए । स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयले पेश गर्ने प्रस्तावमाथि पनि छलफल हुने प्रवक्ताले जानकारी दिए ।

पछिल्लो साता काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न अस्पतालका शैय्या कोभिड बिरामीले भरिभराउ हुन थालेका छन् । स्वास्थ्य मन्त्रालयले असोज मध्यदेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपण गरेको छ । भाइरस रोकथामका लागि चालिनुपर्ने आगामी योजना, खोप अभियान, स्वास्थ्य पूर्वाधारको व्यवस्थापनबारे सीसीएमसीको बैठकमा छलफल हुने जनाइएको छ ।

कोरोना संक्रमण बढेर बिहीबार २४ प्रतिशत पुगेको छ भने अहिले दैनिक संक्रमण संख्या तीन हजारदेखि ४ हजारको बीचमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *