पूर्वमाओवादी नेताहरूको रिटमा आज पनि सुनुवाइ भएन
नेपाल प्रेस
२०७८ साउन १५ गते १३:०४
काठमाडौं । नेकपा माओवादी केन्द्रको कारवाहीका आधारमा पदमुक्त भएका ४ जना संघीय सांसदले पुनर्वहालीको माग गर्दै दायर गरेको रिटमाथिको सुनुवाइ आज पनि स्थगित भएको छ ।
न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा उक्त मुद्दाको पेसी राखिएको भए पनि आज पनि सुनुवाइ स्थगित भएको हो ।
हिजो न्यायाधीश दीपक कार्कीको इजलासमा पेसी तोकिएको सो मुद्दा हेर्न नभ्याइनेमा परेको थियो । सर्वोच्च अदालत स्रोतका अनुसार रिट निवेदक पक्षका कानून व्यवसयीकै आग्रहमा सुनुवाइ स्थगित गरिएको हो ।
प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधवार रिट दायर गरेका थिए ।
प्रतिक्रिया
One thought on “पूर्वमाओवादी नेताहरूको रिटमा आज पनि सुनुवाइ भएन”
Leave a Reply
सम्बन्धित खवर
कस्तो नाक न भएको नकचरो होला भइरहेको संसद पद गए जाओस् भन्ने ले अहिले संसद पद चाहिने बोलि म लगम नभएको ले देशको लागि के गर्लान् भन्ने आशा राख्ने यनीहरुलाइ