मेलम्चीमा फेरि बाढीको त्रास, बजार खाली गराइयो
नेपाल प्रेस
२०७८ साउन १६ गते २३:००
काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची खोलामा पानीको सतह बढेपछि बजार क्षेत्र पुनः खाली गराइएको छ । स्थानीय बासिन्दाका अनुसार साइरन बजाएर तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा लगिएको हो ।
हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले असार १ गतेजस्तै खोलामा बाढी आएको जानकारी दिए । उनका अनुसार तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा बस्न जानकारी गराइएको छ ।
अध्यक्ष शेर्पाका अनुसार साँझपख ठूलो पानी परेपनि अहिले भने पानी पर्न रोकिएको छ । माथिल्लो भेग नाकोते भन्ने ठाउँमा पहिरो गएको र त्यसपछि खोलाले काठ र लेदो बगाएर ल्याएको उनले जनाए ।
प्रतिक्रिया
सम्बन्धित खवर