राष्ट्रिय प्रसारणलाईनमा जोडियो जुम्ला, दैनिकी सहज हुने अपेक्षा
नेपाल प्रेस
२०७८ साउन १७ गते १४:३८
सुर्खेत । जुम्लामा पहिलोचोटि राष्ट्रिय प्रसारणलाईनको बिजुली पुगेको छ । दैलेख, कालिकोटहुँदै एघार केभिए प्रसारणलाईनको बिजुली जुम्ला पुगेको हो ।
जुम्लाबाट निर्वाचित प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जुम्ला राष्ट्रिय प्रसारणलाईनमा जोडिएसँगै यहाँका नागरिकको दैनिकी सहज हुने बताए । ‘यो समग्र कर्णाली वासीका लागि खुशीको अवसर हो । अब कर्णाली उज्यालो बन्नेछ ।’ उनी भन्छन्, ‘विगत लामो समयदेखिको प्रयासले अहिले सफलता दिलाएको छ । अब जुम्ली जनताको जीवनमा विद्युतले परिवर्तन ल्याइदिनेछ ।’
प्रतिक्रिया
सम्बन्धित खवर