लुम्बिनी प्रदेशकी सांसद विमला एमालेमै फर्किइन् – Nepal Press

लुम्बिनी प्रदेशकी सांसद विमला एमालेमै फर्किइन्

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध बहुमत जुटाएर विपक्षी गठबन्धनले प्रदेश प्रमुख समक्ष नयाँ सरकार गठनका लागि निवेदन दिएकै दिन सत्ता राजनीतिमा फेरबदल आएको छ । दाङबाट निर्वाचित प्रदेशसभा सदस्य विमला वलीले सोमबारै प्रेस विज्ञप्ति जारी गर्दै आफू नेकपा एमालेमा रहेको बताएकी छन् ।

विज्ञप्तिमा उनले भनेकी छिन्– मैले सूर्य चिह्नबाट चुनाव जितेको र अहिले सूर्य चिह्न एमालेको रहेकाले एमाले छाडेर माओवादी रोज्ने कुरा पनि कानूनी रुपमा ठीक नभएकाले एमालेमै रहेको स्पष्ट पार्दछु ।

विपक्षी गठबन्धनले आज प्रदेश प्रमुखलाई बुझाएको समावेदनमा उनको हस्ताक्षर भएपनि त्यो सक्कली नभएको एमाले सचेतक भूमिश्वर ढकालले बताए ।

नेकपाबाट निर्वाचित वलीले केही महिनाअघि आफू माओवादीमा रहने बताएकी थिइन् । वलीले एमाले रोजे लगत्तै विपक्षी गठबन्धनको संख्या घटेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर