फ्ल्याट भाडामा लिएर वेश्यावृत्ति गराउने दुई महिला पुर्पक्षमा जेल चलान – Nepal Press

फ्ल्याट भाडामा लिएर वेश्यावृत्ति गराउने दुई महिला पुर्पक्षमा जेल चलान

काठमाडौं । फ्ल्याट भाडामा लिएर यौन व्यवसाय गराउने दुई जना महिलालाई जिल्ला अदालत काठमाडौंले पुर्पपक्षमा जेल चलान गरेको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका तीनका प्रिती थापा मगर र झापाको गौरादह नगरपालिका पाँच का ज्योती पोमुलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागी केनद्रीय कारागार कार्यालय जगन्नाथदेवलमा जेल चलान गरेको हो ।

अदालतको आदेश अनुसार उनीहरुलाई पुर्पक्षका लागी जेल चलान गरिएको मानव बेचविखन अनुसन्धान ब्यूरोकका प्रवक्ता समेत रहेका एसपी प्रहरी उपरीक्षक (एसपी) अनुरागकुमार द्धिवेदीले नेपाल प्रेसलाई जानकारी दिए । मानव बेचविखन अनुसन्धान ब्यूरोले गत असार २१ मा प्रिती थापा मगरलाई र गत असार ३० गते ज्योती पोमुलाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको थियो ।

वीरगञ्जबाट काठमाडौंमा आमाको उपचार गराउन आएकी १६ वर्षका किशोरी आमाको मृत्युपछि बाफलस्थित ज्योती पोमुको घरमा बस्दै आएकी थिईन । आमा मार्फत चिनजान भएकी ज्योतीले बाफलस्थित फ्ल्याटमा किशोरीकै अगाडी अन्य केटी बोलाएर वेश्यावृत्ति गरादैँ आएकी थिईन ।

बीनाले किशोरीलाई गाली गरेको थाहा पाएपछि प्रिती थापाले ‘थानकोटमा मेरो कोठामा हिँड, त्यहाँ बच्चा रेखदेख गर् तिमीलाई पढाइदिन्छु’ भनेर उनले आफ्नो फ्ल्याटमा राखिन । थानकोटमा लगेर प्रीतिले किशोरीलाई फकाएर यौन व्यवसायमा लगाएको ब्यूरोका प्रवक्ता द्धिवेदीले बताए । वेश्यावृत्तिमा लगाएपछि किशोरी भागेर ‘नेप्लीज होम’ नामक संस्थाको सम्पर्कमा आएकी थिईन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *