चोरिएका २३ मोटरसाइकल धनीलाई जिम्मा
काठमाडौं । ट्राफिक प्रहरीले विभिन्न समयमा चोरी भई भेटिएका २३ वटा मोटरसाइकल सम्बन्धित धनीलाई बुझाएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार विभिन्न समयमा चोरी भई भेटिएका २३ वटा मोटरसाईकल आफ्नै कार्यालयमा सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको हो ।
लकडाउनपछि खोजी गरि भेटिएका मोटरसाइकलहरु आज सम्बन्धित सवारी धनीलाई बुझाइएको एसएसपी जनक भट्टराईले जानकारी दिए । हस्तान्तरण गरिएका २३ मध्ये १२ वटा पल्सर मोटरसाइकल ११ वटा अन्य कम्पनीका रहेका छन ।
एसएसपी भट्टराईले आफूहरु सवारी साधन चोरी हुनै नदिने अभियानमा लागि परेको पनि बताए । सकेसम्म चोरी नै हुन नदिने, भए तत्काल खोजी सम्बन्धित सवारी धनीलाई बुझाउने आफूहरुको अभियाननै रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
महाशाखाले १५ दिन अघि पनि ५० वटा चोरी भएका मोटरसाईकल फेला पारी धनीलाई बुझाएको थियो । एसएसपी भट्टराईले हालसम्म चोरी भएका मोटरसाइकल गरी ७० प्रतिशत मात्रै भेटने गरेको पनि जानकारी दिए ।
महाशाखाले हाल काठमाडौं उपत्यका र त्यस वरपरका जिल्लामा मात्रै हराएको मोटरसाईकलको खोजी गर्दै आएको छ ।
अव भने त्यसको दायरा देशभर पुर्याउने योजना बनाइएको एसएसपी भट्टराईले बताए । चोरी भएका सबै मोटरसाइकल पत्ता लगाउन पनि यसको खोजीको दायरालाई देशभर बनाउनुपर्ने अवस्था आएको महाशाखाले स्पष्ट पारेको छ ।