एडीबीसँग साढे १९ अर्ब रुपैयाँ ऋण लिने सरकारको निर्णय
नेपाल प्रेस
२०७८ साउन १९ गते १९:०३
काठमाडौं । सरकारले एसियाली विकास बैंक (एडीबी) को झण्डै २० अर्ब रुपैयाँ सहुलियत ऋण स्वीकार गर्ने निर्णय गरको छ । आज बसेको मन्त्रीपरिषद वैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता तथा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
एडीबीको सहयोगमा सञ्चालित रेस्पोन्सिभ कोभिड १९ भ्इाक्सिन फर रिकभरी प्रोजेक्ट अन्डर एसिया प्यासिफिक भ्याक्सिन फेसिलिटी अन्तरगत सो ऋण नेपालले लिन लागेको हो । ऋण रकम १९ अर्ब ५८ करोड रुपयाँ रहेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर