सहसचिव हरिप्रसाद मैनाली सचिवमा बढुवा
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
![](https://www.nepalpress.com/wp-content/uploads/2021/08/Hari-Prasad-Mainali.jpg)
काठमाडौं । सहसचिव हरिप्रसाद मैनालीलाई सचिवमा बढुवा भएका छन् । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले बढुवा सिफारिस समितिले सिफारिस गरेका मैनालीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मङ्गलवार सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले मैनालीसंगै, डिल्लीराज शर्मा र राज कुमार श्रेष्ठको नाम बढुवाका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । जसमध्ये पहिलो नम्बरमा सिफारिस भएका मैनालीलाई नै सरकारले बढुवा गरेको सरकारका प्रवक्ता समते रहेका कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी गराएका हुन् ।
प्रशासन सेवाका सहसचिव मैनालीलाई सचिवमा बढुवासँगै अतिरिक्त समूहमा पदस्थापन गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।