सीताको देशमा उनकै सन्तान अनागरिक कहिलेसम्म ? (तस्बिरहरू) – Nepal Press
सीताको देशमा उनकै सन्तान अनागरिक कहिलेसम्म ? (तस्बिरहरू)
फोटो फिचर
नेपाल प्रेस २०७८ साउन २० गते १३:२४
२०७८ साउन २० गते १३:२४

काठमाडौं । नागरिकता अधिकारबाट वञ्चित हुनुपरेको भन्दै ऐन संशोधनलगायतका माग राखेर माइतीघरमा प्रदर्शन गरिएको छ । ‘नागरिकताविहीन नेपालीहरू’ का नामबाट उनीहरूले माग सम्बोधनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ज्ञापन पत्र पनि बुझाएका छन् ।

नागरिकता नहुँदा सेवासुविधाबाट समेत वञ्चित भएको उनीहरूको गुनासो छ । संविधानको धारा ११ (३) र (५) कार्यान्वयन गर्न र छिटोभन्दा छिटो नागरिकता ऐन संशोधन गर्न उनीहरूको माग छ ।

६ वर्षदेखि नागरिकता ऐन संशोधन नभएका कारण जन्मको आधारमा नागरिकता पाएका बुबा, आमा र आमाको नामबाट नागरिकता नपाएका नागरिकता बिहीन नेपालीहरुको जीवन निकै अप्ठेरो र असहज भएकाले आफूहरू अनागरिक भएको भन्दै आन्दोलन गर्नुपरेको उनीहरूको भनाइ छ ।