श्याम श्रेष्ठको टिप्पणी- धरहरा पनि उल्ट्याए भयो, रानीपोखरी भताभुंग पारे हुन्छ
काठमाडौं । सत्ता गठबन्धन पक्षधर वामपन्थी बुद्धिजिवी श्याम श्रेष्ठले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेर शेरबहादुर देउवा नेतृत्वको सरकारले गल्ती गरेको बताएका छन् ।
श्रेष्ठले भूमि आयोगमा बेठिक मानिस परेका भए उनीहरूलाई हटाउनुपर्ने भन्दै आयोग नै खारेज गर्नु गलत भएको बताएका हुन् । श्रेष्ठले अघिल्लो सरकारले गरेका हरेक कुरा उल्ट्याउने सोच र संस्कृतिबाट सरकार मुक्त हुन आवश्यक रहेको बताएका छन् ।
श्रेष्ठले भनेका छन्, ‘यो भूमिहीन, गरिब सुकुम्बासी र तल्लो वर्गका जनताको जीवनसित जोडिएको आयोग थियो । राम्रा कुरालाई त जसले थाले पनि निरन्तरता दिइनुपर्छ । जनविरोधी देशघाती कुरामात्र उल्ट्याउने हो । नत्र त धरहरा पनि उल्ट्याए भयो रानी पोखरी पनि भताभुंग पारे भयो ।’
सरकारले मंगलबारको मन्त्रिपरिषद् बैठकबाट भूमि आयोग खारेज गरेको थियो ।
वास्तविक सुकुम्वासीको नाम नराखी आफ्ना आसेपासे रदलका कार्यकर्ता कोनाम राखेर जग्गावितरण गर्न लागेको रोकेको ठीकछ अव वास्तविक सुकुम्वासीलाइ समावेस गरिनु पर्छ।
Tails Kuhn thamyaaichhasa