माधवपक्षीय केन्द्रीय कमिटी बैठक शुरू हुँदै, नेताहरूको चहलपहल (तस्बिरहरू)
नेपाल प्रेस
२०७८ साउन २१ गते ११:३७
काठमाडौं । नेकपा एमाले विभाजन वा एकताको बारेमा निर्णय गर्न वरिष्ठ नेता माधवकुमार नेपालले आह्वान गरेको नेपालपक्षीय केन्द्रीय कमिटी बैठक शुरू हुँदैछ ।
बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा बोलाइएको बैठकमा सहभागी हुन नेपालसहितका नेताहरू पुगिसकेका छन् । पार्टी एकताको सन्दर्भमा केन्द्रीय सदस्यहरूको राय बुझ्न नेपालले बैठक बोलाएका हुन् ।
नेपालले बोलाएको बैठक अनधिकृत भन्दै एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले आपत्ति जनाएका छन् ।
तस्बिरहरू : सरोज बैजु ।
प्रतिक्रिया
सम्बन्धित खवर