देउवा र राष्ट्रसंघीय प्रतिनिधिबीच विकासोन्मुख मुलुकमा स्तरोन्नती हुने तयारीबारे छलफल
नेपाल प्रेस
२०७८ साउन २१ गते १८:४२
काठमाडौं । अल्पविकसित मुलुकबाट विकासोन्मुख मुलुकमा स्तरोन्नती हुने तयारीबारे प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेरबहादुर देउवा र राष्ट्रसंघकी नेपाल निर्देशक सारा न्यान्तीबीच आज भेटवार्ता भएको छ ।
राष्ट्रसंघको नेपाल कार्यालयका अनुसार भेटमा एलडीसी स्तरोन्नतीबारे छलफल भएको थियो । साथै दिगो विकास लक्ष्य, कोभिड-१९ महामारी रोकथामका लागि सरकारको कार्य तथा सरकार र राष्ट्रसंघको समझदारीलाई बलियो बनाउने बारे छलफल भएको थियो ।
जवाफमा प्रम देउवाले सरकार चैतसम्म नागरिकलाई खोप लगाउने कार्यमा जुटेको र महामारी रोकथाम प्रमुख प्राथमिकतामा रहेको बताएका थिए ।
प्रतिक्रिया