पूर्वसचिव भीम उपाध्यायविरुद्ध कानूनी उपचारमा जाने पूर्वमन्त्री ढकालको चेतावनी
काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व मन्त्री त्रिलोचन ढकालले नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले आफ्नो चरित्र हत्या गरेको भन्दै कानूनी उपचारमा जाने चेतावनी दिएका छन् ।
पूर्वसचिव उपाध्यायले मनमाहेन अधिकार सरकारको बेला सुकुम्बासी आयोगमार्फत जग्गा लिने एमाले नेताहरु भन्दै त्रिलोचन ढकालको पनि नाम राखेर सामाजिक सन्जालमा भाइरल बनाएपछि ढकालले प्रमाणित गर्न सात दिनको समय दिएका छन् ।
उनले प्रमाणित नगरे साइबर अपराध हुने भन्दै आफू र आफ्नो परिवारले सुकुम्वासीको नाममा जग्गा लिएको प्रमाणित गर्न उपाध्यायलाई चुनौती दिएका हुन् ।
एमालेका पूर्वकेन्द्रीय सदस्य ढकाल पछिल्लो समय सक्रिय राजनीतिमा छैनन् । स्याङ्जाबाट २०५१ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका ढकाल २०५५ सालमा कृषि मन्त्री भएका थिए ।
भिम पनि फुस्केको पागल होला हावा मा नबुझी लेख्ने?
पुर्ब सचिब जस्तो ब्यक्ति त यस्ता छन भने अनि के कुरो अरुहरुको!
कारवाहीत हुन्छ नै।