खोप नलगाइ अफिस जाने तीन कर्मचारीलाई सीएनएनले जागिरबाट निकालिदियो – Nepal Press

खोप नलगाइ अफिस जाने तीन कर्मचारीलाई सीएनएनले जागिरबाट निकालिदियो

गुगल र फेसबुकले पनि अनिवार्य खोप लगाउन भने

न्यूयोर्क । अमेरिकी टेलिभिजन सीएनएनले कोभिड खोप नलगाइकन कार्यालय जाने तीनजना कर्मचारीलाई जागिरबाट निकालिदिएको छ ।

सीएनएनले जागिरमा आउने अन्य कर्मचारीलाई पनि अनिवार्य खोप लगाउन निर्देशन दिएको छ । कम्पनी अध्यक्ष जेफ जुकरले कर्मचारीलाई दिएको मेमोमा यस्तो कुरा उल्लेख गरेका छन् ।

खोप नलगाएकोलाई जागिरबाट निकालिएको यस्तो घटना अमेरिकी मिडियामा पहिलो भएको बीबीसीले जनाएको छ । अमेरिकामा कम्पनीका कामदारलाई अनिवार्य खोप लगाउनुपर्ने नियम छ ।

फेसबुक र गुगलजस्ता ठूला मिडियाले पनि कार्यालय सुरु हुनु एकदिनअघि अनिवार्य खोप लगाउन कर्मचारीलाई निर्देशन दिएका छन् ।

सीएनएनले रिपोर्टिङका लागि कार्यक्षेत्रमा जाने सबैलाई अनिवार्य खोप लगाउनुपर्ने बताएको छ । ‘यसबारे हामी शून्य सहनशिल नीति अपनाउँछौ’ सीएनएन अध्यक्ष जुकरले भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर