संविधानविद अधिकारी भन्छन् : सर्वोच्चले सांसदलाई दलको ह्वीप लाग्दैन भनेको होइन, तर गलत ब्याख्या हुँदैछ(भिडियाे) – Nepal Press

संविधानविद अधिकारी भन्छन् : सर्वोच्चले सांसदलाई दलको ह्वीप लाग्दैन भनेको होइन, तर गलत ब्याख्या हुँदैछ(भिडियाे)

काठमाडौं । संविधानविद विपिन अधिकारीले संविधानको धारा ७६(५) लाई उल्लेख गर्दै सर्वोच्च अदालतले सुनाएको फैसलाको गलत व्याख्या भइरहेको टिप्पणी गरेका छन् । सर्वोच्चले संसदलाई ह्वीप नलाग्ने भनेर फैसला नगरेको उनको कथन छ ।

काठमाडौंमा आज आयोजित ज्ञान गोष्ठी संवाद श्रृंखलामा बोल्दै संविधानविद अधिकारीले दलको ह्वीप लागेन भने संसद पनि नचल्ने र संसदीय व्यवस्था पनि नटिक्ने उल्लेख गरे ।

उनले भने, ‘अदालतले सांसदहरुलाई दलको ह्वीप लाग्दैन भन्यो भने त्यो अदालत हुनै सक्दैन । अदालतले राजनीतिक दलसम्वन्धी कानून हेर्दैन र ?’ देउवालाई समर्थन गरेर केही एमालेका सांसदहरु राष्ट्रपति समक्ष गएका बेला पार्टीले ह्वीप जारी नगरेको अधिकारीको भनाइ छ ।

‘तर अदालतले ह्वीप लाग्दैन भन्यो भन्दै पण्डितहरु निस्किए’ उनले भने, ‘सांसदहरुलाई दलको ह्वीप लाग्दैन भन्नु हाँस्यास्पद हो, अदालतले भनेको कुरालाई आफ्नो सुविधाअनुसार व्याख्या गर्नु हुन्न ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर