दोस्रो तहका नेतासँग माधवको असन्तुष्टि : ओलीले गोला बारुद बर्साउँदैछन, हामी म्याउँ गरेर बस्ने ? – Nepal Press

दोस्रो तहका नेतासँग माधवको असन्तुष्टि : ओलीले गोला बारुद बर्साउँदैछन, हामी म्याउँ गरेर बस्ने ?

काठमाडौं। नेकपा (एमाले)का बरिष्ठ नेता माधव नेपालले अध्यक्ष केपी शर्मा ओली सुध्रिने र एमाले एकता हुने सम्भावना आफूले नदेखेको बताएका छन्। १० बुँदे सहमतिलाई टेकेर अगाडि बढ्ने आफू पक्षीय केन्द्रीयको बैठकबाट गराएको भनिएको भोलिपल्ट नेता नेपालले यस्तो आँकलन सुनाएका हुन्।

एमाले दोलखका कार्यकर्तासँग भर्चुअल बैठकमा उनले ओली सुध्रिनेमा आफूलाई विश्वास नलागेको बताएका छन् । पार्टी एकताका लागि अन्तिम मौका दिएको पनि उनले बताएको बैठकमा सहभागि एक स्थानीय नेताले नेपाल प्रेसलाई जानकारी दिए।

उनले आफ्नो समूहका दोस्रो तहका नेताहरुप्रति पनि असन्तुष्टि जनाएका छन् । दोस्रो तहका नेतामा दम नभएको नेता नेपालको भनाइ छ । ‘केपी ओली सुध्रिएनन् भने, उनले कुनै पनि कुरालाई मानेनन् भने गर्ने के त ?,’ उनको प्रश्न छ, ‘ त्यहाँ गएर फस्ने ? त्यहाँ गएर रुने ? चिच्याउने ? कराउने ? टाउकोमा हात राखेर बस्ने ? त्यो मन्जुर छैन् । हामी सम्मानजनक एकताको कुरा गरिरहेका छौं ।’

उनले थपे, ‘ओलीले गालीका गोलाबारुद बर्साइरहेका छन्, हामी म्याँउ म्याँउ गरेर बसेका छौं।’

नेपाल पक्षका दोस्रो तहका नेताहरु पार्टी फुटाउन नहुने पक्षमा छन् । उनीहरुकै क्रियाशिलतामा १० बुँदे सहमति भएको थियो जसको नेता नेपालले अहिलेसम्म सार्वजनिक रुपमा स्वामित्व लिएका छैनन्।

एमालले बोलाएको केन्द्रीय कमिटी बैठक नरोके ओलीसँग एकता नहुने नेता नेपालको भनाइ छ। त्यस्तै सदस्यता नवीकरण,बितरण र अधिवेशन रोक्नुपर्ने उनको माग छ।


प्रतिक्रिया

2 thoughts on “दोस्रो तहका नेतासँग माधवको असन्तुष्टि : ओलीले गोला बारुद बर्साउँदैछन, हामी म्याउँ गरेर बस्ने ?

  1. सबै बन्द गराएर पार्टी लाई कमजोर बनाउने योजना कस्को हो? माधव नेपाल लाई किन महत्व दिएको होला? एमाले को नियमित काममा बाधा पार्ने हक यिनलाई कसले दिएछ?

  2. पचन्ड पथ स्वयम् प्रचन्डको लागि काम लाग्दो छैन, माधब कमरेडले किन प्रचण्ड पथको मृत सतिदेवी बोक्र हिडेका हिन्, पछि त्यो पुरै पतन पछि महादेव जस्तै भाङ् धतुरो… च्व च्व ! त्यस्तो नहोस्, ‘प्रभू’ले कल्याण गरुन उनको!😜😜

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर