देउवाप्रति रामचन्द्रको आक्रोशः सर्वत्र असफल व्यक्तिहरु बारम्बार सत्ता सम्हाल्न पुग्छन् – Nepal Press

देउवाप्रति रामचन्द्रको आक्रोशः सर्वत्र असफल व्यक्तिहरु बारम्बार सत्ता सम्हाल्न पुग्छन्

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको महाधिवेसनमा पटक-पटक सारिएको विषयमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना गरेका छन् । तोकिएको समयमा महाधिवेसन नगरेर कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने अवस्थामा पुर्याइएको उनको गुनासो छ ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै पौडेलले पार्टी विधानले चार वर्षको कार्यकाल तोकेकोमा असाधारण परिस्थिति भनेर एक वर्ष थपिएको र देशको संविधानलाई समातेर थप ६ महिना बढाइएको उल्लेख गरेका छन् ।

‘आज आएर त्यस भित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोग संग भिख माग्ने निरीह अवस्थामा पुर्याइएको छ । यहाँ भन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापर्वाही अरु के हुन्छ ? ’

पौडेल थप्छन्, ‘यो देशकै विडम्वना हो । सर्वत्र असफल व्यक्तिहरु बारम्बार सत्ता सम्हाल्न पुग्छन् ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर