एमालेको स्थायी र केन्द्रीय कमिटी बैठक आज बस्दै – Nepal Press

एमालेको स्थायी र केन्द्रीय कमिटी बैठक आज बस्दै

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक आज बस्दै छ। केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे स्थायी कमिटीको बैठक बस्ने छ ।

केन्द्रीय कमिटी भने दिउँसो ३ बजे बस्ने छ । विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान मस्यौदा प्रस्तावमाथि छलफल गर्न बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । स्थायी कमिटीले विधान मस्यौदा प्रस्ताव पारित गरेपछि केन्द्रीय कमिटीमा पेस गर्ने र सो प्रस्ताव साउन २७ भित्र सबै मातहत कमिटीहरूमा अध्ययन र सुझावका लागि पठाइने छ।

एमालेको विधान महाधिवेशन भदा २७ र २८ गते तोकिएको छ । उता वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भने बैठक रोक्न माग गरेकाे छ। बैठक नरोके एमाले एकता नहुने नेपालको चेतावनी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर