ओलीले भने- भ्रष्टाचारीलाई कारवाही गर्ने रे ? क्यान्टोनमेन्टको पनि होस् – Nepal Press

ओलीले भने- भ्रष्टाचारीलाई कारवाही गर्ने रे ? क्यान्टोनमेन्टको पनि होस्

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन जनसेनाको अस्थायी शिवीरमा भएको भ्रष्टाचारको अनुसन्धान गर्न संसदसमक्ष माग गरेका छन् ।

भ्रष्टाचारीलाई कारवाही गर्ने सरकारको नीतिप्रति टिप्पणी गर्दै ओलीले क्यान्टोनमेन्टको पनि छानविन गर्न माग गरेका हुन्।

‘भ्रष्टाचारीलाई कारवाही गर्ने भन्नु भएको छ, खुसी लाग्यो,’ उनले भने, ‘छानविन गर्ने र कारवाही अगाडि बढाउने भन्ने राम्रो कुरा हो । भ्रष्टाचारका थुप्रै कुरा उठिरहेका छन् । क्यान्टोनमेन्टको यत्रो कुरा पनि उठेकै छ । यसपल्ट पक्कै पनि यत्रो गठबन्धनको सरकारले यस कुराको छानविन गरेर नेपाली जनतालाई जवाफ दिनेछ । ललिता निवास, मातातीर्थको पनि गर्छ होला ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर