जसपा सांसदबाट पदमुक्त लुम्बिनीका मन्त्री पाण्डेयको नाटकीय राजीनामा – Nepal Press

जसपा सांसदबाट पदमुक्त लुम्बिनीका मन्त्री पाण्डेयको नाटकीय राजीनामा

रूपन्देही । बैशाख ६ गते अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकै दिन नाटकीय शैलीमा लुम्बिनी प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री बनेका जसपाका सन्तोष कुमार पाण्डेयले पदबाट राजीनामा दिएका छन् ।

मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वको सरकारमा सहभागी भएका मन्त्री पाण्डेयले मंगलबार राती राजीनामा दिएका हुन् ।

सिद्धान्तको आधारमा राजनीति गर्ने जननिर्वाचित प्रतिनिधिले नैतिकताका आधारमा सरकारबाट फिर्ता हुनु नै उपयुक्त निर्णय ठानेर राजीनामा दिएको मन्त्री पाण्डेयले बताए।

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले साउन १९ गते तेस्रो पटक दर्ता गरेको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन बुधबार दिउँसो १ बजे बस्दैछ ।

एमालेलाई सघाउदै सरकारमा गएका उनलाई जसपाले कारबाही गरि संसद हटाइसकेकाे भएपनि अदालतमा उनकाे मुद्दा विचाराधीन छ ।                                         


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर