२३३ वर्षे इतिहासमा न्यूयोर्कले पायो पहिलो महिला गभर्नर – Nepal Press

२३३ वर्षे इतिहासमा न्यूयोर्कले पायो पहिलो महिला गभर्नर

न्यूयोर्क । अमेरिकी आर्थिक सहर न्यूयोर्कले पहिलो महिला गभर्नरको रुपमा क्याथी होचललाई पाउने भएको छ । यौन दुव्र्यहारका घटना सार्वजनिक भएपछि गभर्नरको पदबाट एन्ड्रिउ कुमोले राजीनामा दिएपछि उनको उत्तराधिकारीको रुपमा होचल नियुक्त हुन लागेको रोयटर्सले जनाएको छ ।

२३३ वर्षको इतिहासमा पहिलो महिला गभर्नर नियुक्त हुन लागेको हो । डेमोक्र्याट पार्टीको तर्फबाट २०१५ देखि उप-गभर्नर रहेकी होचलले कुमोको पहिलो कार्यकालका बाँकी दुई वर्षलाई सम्हाल्ने अवसर पाएकी हुन् । डिसेम्बर २०२२ मा कार्यकाल सकिँदैछ ।

कुमो र होचलले सन् २०१४ र २०१८ मा चुनाव जितेका थिए । कुमोले होचललाई डेमोक्र्याटिक पार्टीको उदाउँदो स्टारको रुपमा व्याख्या गर्ने गर्थे । सन् १९५८ मा पश्चिम न्यूयोर्कको बेफेलोमा होचलले जन्म भएको थियो । होचलले आफूलाई स्वतन्त्र डेमोक्र्याटको रुपमा चिनाउने गरेकी छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर