वन विज्ञान अध्ययन संस्थानका परीक्षाहरु स्थगित
नेपाल प्रेस
२०७८ साउन २७ गते २०:३३
काठमाडौं । त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थानले साउन ३२ गतेदेखि सञ्चालन हुने स्नातक तथा स्नातकोत्तर तहको परीक्षा स्थगित गरेको छ । कोभिड-१९ संक्रमणको कारणले हाललाई परिक्षा स्थगित गरिएको संस्थानले जनाएको छ ।
संस्थानको परीक्षा नियन्त्रण कार्यालय पोखराका प्रमुख यज्ञप्रसाद तिमिल्सिनाले सूचना जारी गर्दै स्थगीत परीक्षा आगामी भदौ महिनाको तेश्रो हप्तादेखि अनलाइनबाट लिइने जनाएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर