एक साताको बीचमा श्रीनिवास थारुका २ गीत सार्वजनिक – Nepal Press

एक साताको बीचमा श्रीनिवास थारुका २ गीत सार्वजनिक

रूपन्देही । पत्रकारिता र सांगीतिक क्षेत्रलाई मुख्य पेशा बनाएका गायक श्रीनिवास थारुले एक साताको बीचमा दुईवटा थारु गीत सार्वजनिक गरेका छन् ।

अघिल्लो साता ‘चोरी चोरी से’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक गरेका उने आज नाग पन्चमीको दिन पारेर अर्को ‘लेहङावाली के चक्करमे’ गीत सावर्जनिक गरेका छन्।

उनको पहिलो गीतमा थारु सुपरस्टार नरेश चौधरी र छोटो समयमै निकै नै चर्चा बटुल्न सफल मोडल मधु चौधरीको जोडीले नृत्य गरेका छन्। स्वरमा भने श्रीनिवासलाई चर्चित गायिका अन्नु चौधरीले साथ दिएकी छिन्।

सेबिल ईन्टरटेन्मेन्ट च्यानलले निर्माण गरेको सो गीत रिलिज भएको एकसातामा २ लाख बढी पटक हेरिएको छ। गीतका निर्माता अमेरिका निवासी कलाकार तथा समाजसेवी लोकेन्द्रराज चौधरी रहेका छन्।

नागपन्चमीसँगै थारु समुदाय शुरु भएको गुरही पर्वको अवसर पारेर ‘लेहङावाली के चक्करमे’ बोल को गीत सार्वजनिक गरेको चौधरीले बताए। यो गीतमा पनि चर्चित गायिका अन्नु चौधरीले साथ दिएकी छन् ।

एक बर्षअघि लेहंगा वाली ओए छैली गीतको भाग २ को रुपमा यो गीतलाई प्रस्तुत गरिएको उनले बताए। उमेश मुस्कानको शब्द संगीत, केशव बडुको संगीत संयोजन रहेको गीतलाई विक्रम चौहानले निर्देशन गरेका छन्।

नवकलाकारहरु कपिलवस्तुका बिष्णु चौधरी र दाङ देउखुरीकी सिरु चौधरीले यो गीतमा डेब्यु गरेका छन्। टिकटकमा निकै भाइरल भैरहेको यो गीत पनि सेबिल ईन्टरटेन्मेन्ट च्यानलमार्फत युट्युबमा रिलिज गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर