मौद्रिक नीति लिक भएप्रति अर्थमन्त्रीको चासो, गभर्नरलाई सोधे– भएको के हो ?
नेपाल प्रेस
२०७८ साउन २९ गते १६:०१
काठमाडौं । मौद्रिक नीति सार्वजनिक हुनुभन्दा अघि नै बाहिरिएकोमा अर्थ मन्त्रालयले चासो देखाएको छ । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई के भएको ? भनी सोधेका छन् ।
आज अपराह्न सार्वजनिक गर्ने तयारी भएको मौद्रिक नीति दिउँसै बाहिरिएको हो । इकोनोमिक मिडिया सोसाइटीले आपत्ति जनाउँदै छानविन गर्न माग गरेको छ ।
सोसाइटीले आफूअनुकुल र आफूनिकट सञ्चार माध्यम सार्वजनिक हुनुभन्दा पहिले नै दिएको भन्दै विज्ञप्ति नै निकालेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर