सेवाग्राहीलाई कार्यालयमै थुनेका इटहरीका मेयर द्वारिकलालले गल्ती स्वीकारे – Nepal Press

सेवाग्राहीलाई कार्यालयमै थुनेका इटहरीका मेयर द्वारिकलालले गल्ती स्वीकारे

कांग्रेससँगको सहमतिपछि कार्यालयमा लागेका ताला खुल्यो

विराटनगर । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले सेवाग्राहीलाई कार्यालयमा थुनेर गल्ती गरेको स्वीकारेका छन् । उनले आइन्दा त्यस्तो गल्ती नगर्ने भन्दै लिखित प्रतिवद्धतासमेत व्यक्त गरेका छन् ।

चौधरीले नदी मिचेर घर बनाएको भन्दै स्थानीय यमप्रसाद ढकाललाई कार्यालयमै बोलाएर थुनेका थिए । त्यसको विरोधमा नेपाली कांग्रेसले कार्यालयमा तालाबन्दी गरेको थियो । चौधरीले गल्ती स्वीकार्दै आइन्दा गल्ती नगर्ने प्रतिवद्धता गरेपछि कार्यालयमा लागेको ताला खुलेको छ ।

मेयर र इटहरी कांग्रेसबीच चार बुँदे सहमति भएको छ ।

दुई दिनअघि ढकाललाई मेयरले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा बोलाएर थुनेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *