मास्क नलगाउनेमाथि प्रहरीको नजर: सवारी रोकेर चेकिङ
काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले सडकमा सवारी रोकेर सचेतना फैलाउन थालेका छन् । कोरोना महामारी कै कारण लगातार हुने ट्राफिक जाँच नभए पनि विभिन्न स्थानमा मोटरसाइकल तथा सवारी रोकेर सोधपुछ गरिरहेको देखिन थालेको छ ।
यसबारे ट्राफिक प्रहरीका प्रवक्ता तथा एसपी सन्जीव शर्मा दास त्यसरी भइरहेको लाइसेन्स तथा बिलबुक जाँच नभएर सचेतनाका लागि गरिएको आह्वान रहेको बताउँछन् ।
‘सामान्य अवस्थामा जस्तो चेकिङ गरेका होइनौं,’ प्रवक्ता शर्माले नेपाल प्रेससँग भने, ‘हामीले रोकर मास्क नलगाइ हिँड्नेलाई मास्क लगाउन र कोरोना संक्रमणको जोखिम बढेकाले सकेसम्म कम यात्रा गर्न सुझाउन थालेका छौं । त्यसैले गर्दा एक–एक जनालाई रोकेर चेकिङ गरे जस्तो देखिएको हो ।’
निजि सवारीलाई किन सास्ती ? अलिकता पनि दिमाग छ भने सार्वजनिक सवारीको हालत अन्देखा नगर न साशक हो !