धामीले दाँतले टोकेर तुइन चुडाएको वारिपारिकाको निष्कर्ष !
स्थानः सीमाना बग्ने नदीको किनार ।
‘सा’ब हम एक बात पुछ सकता है ?’ वारिबाट भन्नु भयो । ‘हाँ पुछो’ सूर्ती मोल्दै गरेका बीएसएफले जवाफ दिनुभयो ।
‘सा’ब वो कटाहुवा तुइनका जगह निरीक्षण करने हेतु हमें भेजे हें । हम वहाँ जा सकते हें ना ?’ वारिबाट सन्देश गयो । ‘किसने भेजा ? हमने सेण्ट्रल गभर्नमेण्टके तरफ से करचुके थे तो फिर तुमको किसने भेजा ?’ बीएसएफ गर्जियो । ‘जी सा’ब इधरवाले गभर्नमेण्ट ने । वो जो तुइन से एक गिर के लापता हे ना, इसी मामले मेँ’। वारिकाले अलि विनम्र भएर भन्नु भयो ।
एकछिन वारिपारि कुनै सन्देश प्रवाह भएन ।
‘हाँ हाँ । अच्छा उधर अभि भि गभर्नमेण्ट है ? हमने तो सुना था वहाँ सब कम्फोर्टेबल हो गए ।’ पारिबाट आवाज आयो । वारिका सबै गम्भीर हुनु भयो । बायाँ हात निलो कोटको गोजीमा राखी दायाँ हातले मास्क मिलाउँदै सोचमग्न हुनुभयो ।
केही बेरको सन्नाटा चिर्दै पारिबाट आवाज आयो– ‘हाँ, तो तुमको क्यूँ जाना है उहाँ पे’? ‘जी, वो कटाहुवा तुइनका जगह देखने ।’ यताको उत्तर । ‘कटाहुवा क्युँ बोल रहे हो बे ? टुटाहुवा, सडाहुवा, गिराहुवा नही बोल सकते थे ?’ ‘क्षमा करें साब। हमारी कहनेका मतलव वही है ।’ फेरि मौनता ।
‘और कहो’ दरोगाले भन्यो । ‘आप कैसे है साब ?’ परिस्थिति सम्हाल्न वारिका अर्का सदस्य अघि सर्नु भयो । ‘ठीक हि चलरहा है’ दरोगा केही नरम भयो । ‘क्या करना होगा ?’ सूर्ती च्याप्दै बिएसएफले सोध्यो । ‘वर्षा भएकाले हम इधर से नही जा सकते । इसलिए हम उधर होकर वहाँ जाना है । मिलेगा न साब ।’ वारिका अर्का सदस्यले भन्नु भयो । फेरि सन्नाटा ।
‘सरले कडा दिनु भयो ।’ वारिका कनिष्ट सदस्यले भन्नु भयो । सीआईबी फोनमा कतै कुरा गरिरहेको थियो । ‘रुको, अभि साहव बात कर रहे है’, दरोगाले भन्यो । ‘हाँ ठीक है ।’ वारिकाले भन्नुभयो । एकछिन महाकाली बगेको आवाज मात्र सुनियो ।
‘हाँ, तो उधर इस बारेमे कुछ लफडा चल रहा हे क्या ?’ फोन गोजीमा राख्दै बीएसएफ बोल्यो । यसपटक उसको स्वर अलि नरम जस्तो थियो । ‘जी हाँ साब ।’ वारिकाले भन्नु भयो । बीएसएफ फेरि आपसमा कुरा गर्न लागे ।
वारि पनि आपसी संवाद छ । टोली नेताले भन्नु भयो ‘निजामतिमा नबोलेरै धेरै भन्न सकिन्छ, नगरेरै धेरै पाउन सकिन्छ’ भन्ने सिद्धान्त छ नि ! यहाँ मैले त्यही प्रयोग गरेको अघि । ‘हो हजुर’ सदस्यले भन्नु भयो । ‘हजुर कूटनीतिक क्षेत्रमा पनि राम्रो दख्खल राख्नु हुँदो रहेछ ।’ टोलीका शक्तिशाली सदस्यले भन्नु भयो । अरु सदस्यले ‘हो हजुर’ भने ।
‘ए सुनो’ पारिबाट आवाज आयो ‘इधर से हि जावोगे’? ‘जी हाँ । इधर तो बाटो भत्केका हे । हिउँद नभै नही बनता है ।’ वारिबाट स्पष्ट पारियो । ‘इधर आइए’ बिएसएफले पारि बोलायो ।
स्थानः पारि
‘हमारा एक टोली आपके साथ में भेज देङ्गे । वो आपको रास्ता देखादेङ्गे और सारे बात बतादेङ्गे ।’ ‘साब हमको इधर से फिर उधर पार करना होगा, वहाँ पे मिलेगा न’, वारिका बोल्नु भयो । ‘हाँ हाँ, क्युँ नहि ।’ बिएसएफ बोल्यो । ‘लेकिन वहाँ नदी कैसे पार करेङ्गे?’ विस्तारै भन्यो । वारिकाको शालीनताबाट प्रभावित हुँदै गएको बिएसएफ नरम भए जस्तो देखिन्थ्यो ।
‘नदी पार करना मुश्किल होगा । जो करना होगा, हमारे आद्मी करदेँगे । आप इधर से अच्छे तरह से देख सकते है । जरुरत हो तो आप हमारी दूरविन से नेपालके तरफ देख सकते है । हमारे कैमेरा से तस्विर ले सकते हैं’। डिपुटि डिएमले भन्नु भयो । ‘जी हाँ’ टोलीका बाठा सदस्यले भन्नु भयो । वारिको टोलीले गम्भीर भएर सोच्यो । हुन पनि हो, तुइन नभै नदी तर्न सकिने भए त धामी केटो नै तर्दो हो । पारिको नजरबाट नेपाल हेर्ने कौतुहलताले टोलीको मन चञ्चल भयो ।
‘अगले बार आइएगा तो पूर्णागिरी जानेका वक्त ले के के आइएगा । हम सारा प्रवन्ध करेङ्गे और हम साथ जाएँगे ।’ डेपुटी डीएमले भन्नु भयो । ‘जरूर साब’ वारिकाको जवाफ थियो । वारिकाको आफूप्रतिको भरोसा देखेर डेपुटी डिएम प्रफुल्ल देखिनु भयो । ‘आपके काठमाण्डु में हमारे एम्बसीमें एक अफसर है, मिश्रा । में उनको बोलदुँगा । आप यहाँ से लौटके उनसे मिलिएगा ।’ डिपुटी डिएमले थप विनम्र भएर भन्नु भयो । ‘जरूर साब’ वारिकाले भन्नु भयो ।
केही हप्तापछि काठमाडौंका पत्रिकामा विज्ञापनको साइडमा यस्ता शीर्षकमा खबर छापियो । ‘पारिले हुलाकी सडक निर्माणमा दिने सहयोग जारी राख्ने ।’ ‘छात्रवृत्ति संख्या बढाउने ।’ ‘तुइन हटाउने पूर्ववर्ती सरकारको निर्णयका कारण तुइन चुँडेको हुनसक्ने समितिको निष्कर्ष, उच्तस्तरीय आयोग गठन गर्न सुझाव ।’ ‘धामीले नै नदीको बीचमा पुगेर तुइन दाँतले टोकेर चुँडाएको देख्ने प्रत्यक्षदर्शी भेटिए ।’ ‘धामीको सानैदेखि टोक्ने बानी भएको खुलासा ।’ ‘तुइन हटाउने अभियान सफल पार्न तुइन टोकेर चुँडाएको हुनसक्ने ।’
कतिपय पत्रिकामा ‘सानामा टोक्ने बानी भएकालाई लठ्ठा भएका पुल, तुइनमा जान दिन नहुने’ भन्ने समन्वयात्मक सम्पादकीय छापिए । ‘टोक्ने बानीले सुवारेजका फ्यान घटे, तुइन तर्ने साहसिक खेललाई फुटबलको शिक्षा’ भन्ने टाइपका विद्वत विश्लेषण प्रकाशन भए ।
स्थानः लैनचौर
सन्दर्भ मिश्राजीसँगको भेट । ‘साब अब वो सब कम्फोर्टेवल हो गया ।’ वारिकाले भन्नु भयो। ‘बधाई हो आपका मिशन सफल हुवा ।’ मिश्राजी बोल्नु भयो । ‘सफल तो हमने बना दी । देखिए मिडियाका तागत ।’ सम्पादकले जोडदार तर्क राख्नु भयो । ‘त्यो सरकारले तुइन हटाउन हात हाल्नुअघि सम्पादक र नागरिक समाजसँग सोध्नुपर्ने थियो ।’ नागरिक समाजका अगुवा र सम्पादकले एकै स्वरमा भन्नु भयो ।
एकछिन सन्नाटा ।
‘जेएनयु में स्कालार्सिप मिलेगा क्या सा’ब !’ कसैले एक्कासी बोल्यो ।
‘लालध्वज बनोगें क्या ?’ मिश्राजीले हाँस्दै भन्नु भयो । मिश्राजीसँगै सबै हाँस्नु भयो ।