अफगानिस्तानका नेपाली फर्काउन पहल नगरेको भन्दै एमालेद्वारा सरकारको आलोचना – Nepal Press

अफगानिस्तानका नेपाली फर्काउन पहल नगरेको भन्दै एमालेद्वारा सरकारको आलोचना

राजन भट्टराईको प्रश्न–परमादेशबाट आएको सरकारलाई गैरजिम्मेदार बन्ने छुट हो ?

काठमाडाैं । नेकपा एमालेले अफगानिस्तानमा रहेका नेपाली नागरिक स्वदेश फर्काउन सरकारले पहल नगरेको भन्दै आलोचना गरेको छ ।

एमाले विदेश विभागका प्रमुख डा. राजन भट्टराईले संसदबाट विपक्षीका तपर्ःबाट विषय उठाएके धेरै दिन भइसक्दा पनि सरकार अनुत्तरदायी बनेको आरोप लगाएका छन् ।

भट्टराईले आफ्नो वक्तव्यमा भनेका छन्, ‘अफगानिस्तानमा रहेका आफ्ना नागरिक फर्काउन कुनै पहल गरिराखेको छैन। लोकतन्त्रमा सरकार यति गैरजिम्मेदार र अनुत्तरदायी हुन मिल्छ ? कि परमादेशबाट आएकालाई मिल्छ ?’

भट्टराईले अन्य मुलुकहरुले आफ्ना नागरिक फर्काउन थालिसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । यसअघि एमालेको तर्फबाट संसदमा खगराज अधिकारीले यो विषय उठाएका थिए ।

अफगानिस्तानको राजधानी काबुलबाहेकका शहर तालिवान विद्रोहीको नियन्त्रणमा गइसकेका छन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर