काठमाडौं महानगरले हटाउन थाल्यो कर नतिर्नेको विज्ञापन (तस्विरहरु)
काठमाडौं । काठमाडौं महानगरपालिकाले कर नतिर्ने करदाता कम्पनीको विज्ञापन हटाउन शुरु गरेको छ । कर बुझाउन पटकपटक आग्रह गरेपनि कर नबुझाएको भन्दै काठमाडौं महानगरपालिकाले सडकमाको पोलमा राखिएको करदाता कम्पनीको विज्ञापन महानगरले हटाउन शुरु हो ।
महानगर प्रहरीले आजदेखि विजुलीको पोलमा राखिएको विज्ञापन निकाल्न शुरु गरेको महानगर प्रहरीले जनाएको छ । महानगरले करदातालाई पटकपटक पत्राचार गर्दासमेत कर नतिरेपछि सूची निकालेको थियो ।
काठमाडौं महानगरभित्र मात्रै ९०० वटा बिज्ञापन निकाल्न थालिएको काठमाडौं महानगरले बताएको छ । कर नतिरेको भएर बिज्ञापन निकाल्न थालिएको महानगर प्रहरीले बताएका छन् ।
यसअघि काठमाडौं महानगरपालिकाले घरजग्गा र सम्पत्ति कर नबुझाउने ५२ करदातालाई ३० दिनको अल्टिमेटम दिएको थियो ।
नाम सार्वजनिक गरिएका करदाताले ३० दिनभित्र करको विवरण, कर र जरिवाना नबुझाए सेवा बन्द गर्ने, सम्पत्ति रोक्का गर्नेलगायतका कानूनी प्रक्रियाबाट सरकारी बाँकीसरह कर असुल गरिने चेतावनी दिएको थियो ।