सुजिता मृत्यु प्रकरणः आत्महत्या दुरुत्साहन मुद्दामा सचिन जेल जलान
चितवन । सुजिता भण्डारी मृत्यु प्रकरणमा जिल्ला अदालत चितवनको थुनछेक आदेशले पुर्पक्षका लागि प्रतिवादीसँग ५० हजार रुपैयाँ धरौटी माग्ने आदेश दिएको छ । जिल्ला न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले सो आदेश गरेको हो ।
आत्महत्या दुरुत्साहनको मुद्दामा सुजितका साइलो बुबाका छोरा सचिन भनिने झापा शरणमतिका सुकदेव भण्डारीविरुद्ध साउन ४ गते प्रहरीमा उजुरी परेको थियो । धरौटी बुझाउन नसकेपछि सुकदेव जिल्ला कारागारको जेल चलान भएका छन् ।
अदालतका श्रेस्तेदार इश्वर आचार्यले प्रमाण बुझेर पेशी चढेपछि केही दिनमा फैसला आउने बताए । शुक्रबार प्रहरीले छानबिन सकेर सरकारी वकिल कार्यालयमा फाइल बुझाएको थियो ।
असार ११ गतेदेखि बेपत्ता सुजिता असार २० गते घरबाट करिब ५ किमि परको सामुदायिक वनमा मृत भेटिएकी थिइन् । सुजिता र सचिन प्रेमसम्बन्धमा रहेको प्रहरी अनुसन्धानले फेला पारेको थियो ।
असार ९ गते सुजिताले विवाह नगरे मर्छु भनेर सचिनलाई चेतावनी दिँदा उनले जे गर्छस् गर भनेको प्रहरीको दावी छ ।