प्रधानमन्त्री चुक्नुभयो, अध्यादेशबाट राजकाज हुँदैन: डा.कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अध्यादेशबाट राजकाज चलाउने सोचको समर्थन गर्न नसकिने बताएका छन् ।
सरकारले आफ्नो सुविधाका लागि अध्यादेश ल्याएपनि त्यसलाई आफूले समर्थन गर्न नसक्ने कोइरालाको भनाई छ ।
‘सरकार सञ्चालनको सुविधानको लागि राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याइएको हुनसक्छ तर अध्यादेशबाट राजकाज चलाउने सोचको समर्थन गर्न सकिन्न’, कोइरालाले ट्वीट गरेका छन् ।
उनले संसदमा परिमार्जन र सुधारसहित बजेट पास गर्नेतर्फ सक्रियता देखाउनुपर्नेमा प्रधानमन्त्री चुकेको टिप्पणी गरेका छन् । ‘यो चुक प्रधानमन्त्रीबाट भयो । यो कांग्रेसको संस्कार होइन’, कोइरालाले लेखेका छन् ।
सरकार सञ्चालनको सुबिधाको लागि राजनीतिक दल सम्बन्धि अध्यादेश ल्याईएको हुनसक्छ तर अध्यादेशवाट राजकाज चलाउने साेचकाे समर्थन गर्न सकिन्न।
सरकारले संसदबाट परिमार्जन र सुधार सहित बजेट पास गर्ने तर्फ सकृयता देखाउनु पर्थ्यो। याे चुक प्रधानमन्त्रीबाट भयाे। यो कांग्रेसको संस्कार होइन।— Dr Shekhar Koirala (@Shekharnc) August 17, 2021