डोटीको सुन काण्डबारे गलत समाचार सम्प्रेषण भएकोप्रति नेपाल प्रहरीको ध्यानाकर्षण – Nepal Press

डोटीको सुन काण्डबारे गलत समाचार सम्प्रेषण भएकोप्रति नेपाल प्रहरीको ध्यानाकर्षण

दोषीलाई कारबाहीका लागि भारतीय प्रहरीको जिम्मा लगाइएको प्रहरीको स्पष्टोक्ती

काठमाडौं । विभिन्न सञ्चार माध्यममा भारतबाट चोरी गरी ल्याएको सुन र नगद रकम डोटीमा वरामद भएको घटना सम्बन्धमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार एक विज्ञप्ती जारी गर्दै डोटीमा वरामद भएको सुन र नगद रकम प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखाबाट आवश्यक कारबाहीका लागि भारतीय प्रहरीलाई जिम्मा लगाईएको जनाएको हो ।

‘जिल्ला प्रहरी कार्यालय डोटीले प्रहरी प्रधान कार्यालयसँग आवश्यक समन्वय गरी कानुनसम्मत विधी र प्रकृया अवलम्वन गरी भारतीय दुतावास काठमाडौंका प्रतिनिधिको समन्वय र रोहवरमा कानुन बमोजिम कुटनीतिक कार्यविधि र प्रकृया पुरा गरी सम्बन्धित पीडितको अख्तियारनामा लिई नेसनल सेन्टर व्यूरो दिल्लीको समन्वयमा मुम्बई प्रहरीका आधिकारीक प्रतिनिधिलाई आवश्यक कारबाहीका लागि भारतीय प्रहरीको जिम्मा लगाइएको छ ।’ केन्द्रीय प्रहरी प्रवक्तासमेत रहेका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बसन्तबहादुर कुँवरले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

नेपाल प्रहरीको साख र छवीमा आँच पुर्याउने किसिमका अत्यन्तै भ्रामक र तथ्यहीन समाचारको भ्रममा नपर्न पनि प्रहरी प्रधान कार्यालयले विज्ञप्तीमार्फत नै सबैलाई अनुरोध गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *