अन्जना भट्टराईका छ हाइकु
२०७८ भदौ २ गते १२:३०
१
तुफानी बेग
निर्मल त्यो भोरमा
कुर्सीमा जोड ।
२
समर आज
यहाँ कोरोनाको छ
मानाको चिन्ता ।
३
स्मृति छैन रे
बाढीमा पर्नेलाई
खै त नेता ज्यू ?
४
समानता यहाँ
अपवादको कुरा
भ्रष्टाचार रे ।
५
प्रश्रय छैन
पीडितलाई यहाँ
दृष्टता बढी ।
६
चिन्तक सबै
निशब्द छन् जहाँ
वाक्पटु अघि ।
प्रतिक्रिया
One thought on “अन्जना भट्टराईका छ हाइकु”
Leave a Reply
सम्बन्धित खवर
बेजोड हाइकु । मार्मिक रचना ।