फुट्यो जसपा, जसपा (लोकतान्त्रिक) दर्ता हुँदै (तस्बिरहरु)
नेपाल प्रेस
२०७८ भदौ २ गते १६:०४
काठमाडौ । जनता समाजवादी पार्टी औपचारिक रुपमा फुटेको छ । महन्थ ठाकुर समुहले जनता समाजवादी पार्टी लोकतान्त्रिक नाममा नयाँ दल निर्वाचन आयोगमा दर्ता गर्न निवेदन दिएका छन् ।
२४ जना कार्यकारिणी सदस्यको हस्ताक्षर सहित महन्थ समुहले आयोगमा निवेदन दिएको हाे । दल दर्ता गरी साइकल चुनाव चिन्ह समेत माग गरिएकाे छ ।
आफूहरुको पक्षमा १५ जना संसद रहेको सो समुहका नेता राजेन्द्र महतोले जानकारी दिए ।
प्रतिक्रिया
सम्बन्धित खवर