नेपालको नेतृत्वमा एमाले समाजवादी : झलनाथ खनाल वरिष्ठ नेता, ९५ सदस्यीय केन्द्रीय कमिटी – Nepal Press

नेपालको नेतृत्वमा एमाले समाजवादी : झलनाथ खनाल वरिष्ठ नेता, ९५ सदस्यीय केन्द्रीय कमिटी

काठमाडौं । नेकपा एमाले विभाजन गरेर माधव नेपाल अध्यक्ष रहेको एमाले समाजवादी पार्टी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेस भएको छ ।

नयाँ पार्टीको अध्यक्षमा माधव नेपाल र झलनाथ खनाल वरिष्ठ नेता रहनेछन् भने बाँकी सबै सदस्य रहने गरि ९५ सदस्यीय केन्द्रीय कमिटी रहने नेता राजेन्द्र पाण्डेले बताए ।

साविक एमालेका ५८ जना केन्द्रीय सदस्य नयाँ पार्टीमा समेटिएका छन् । निवेदनमा चुनाव चिन्ह भने अहिले प्रस्ताव नगरिएको पाण्डेले जानकारी दिए ।

दल दर्ताको निवेदन दिएर आएपछि नेता राजेन्द्र पाण्डेले दल दर्ताको प्रमाणपत्र प्राप्त भएपछि राष्ट्रिय सम्मेलन गर्ने जानकारी दिए । ‘हामी क्रान्तिकारी कम्युनिष्ट पार्टी बनाउँछौ । एमालेमा अल्मलिएर रहेका साथीहरूलाई पनि चाडोभन्दा चाडो नेकपा एमाले (समाजवादी) मा आउन आग्रह गर्छौ’, पाण्डेले पत्रकारहरूसँग भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर