प्रभावशाली नेताले साथ छाडेपछि लुम्बिनीमा माधव नेपाल झनै कमजोर – Nepal Press

प्रभावशाली नेताले साथ छाडेपछि लुम्बिनीमा माधव नेपाल झनै कमजोर

रुपन्देही । लामो समय नेकपा एमालेमा माधव नेपाल समूहमा रहेका लुम्बिनीका नेताहरु पार्टी विभाजन गरेर जाने विषयमा असहमति राख्दै साथ छाडेपछि लुम्बिनीमा नेपालको नयाँ पार्टी निकै कमजोर हुने भएको छ ।

लुम्बिनीबाट नेपाल समूहमा रहेका युवराज ज्ञवाली, घनश्याम भुसाल, गोकर्ण विष्ट, ठाकुर गैरे, सोमप्रसाद पाण्डेलगायतले नयाँ यात्रामा साथ दिएनन् ।

क्षेत्रबाट लामो समयदेखि प्रतिनिधित्व गरेका शीर्ष नेताहरु पार्टी विभाजन गरेर जान नसकिने भन्दै उनको साथ छोडेका जनाएका छन् । नेपालको नजिक रहेर काम गरेका नेताहरु नयाँ पार्टीमा जान नखोजेपछि नेपाल समूहका प्रदेश, जिल्ला र स्थानीय स्तरका नेताहरु पनि रोकिएका छन् ।

दाङ जिल्लाबाट माधव नेपाल समूहको जिल्ला अध्यक्षको जिम्मेवारीमा रहेका टिकाराम खड्काले नयाँ पार्टी बनाउने कुरामा सहमत नरहेको जनाएका छन् । उनले एमाले विभाजन गरेर कसैलाई फाइदा नहुने भन्दै आफू कुनै पनि हालतमा एमाले समाजवादीमा रहननसक्ने जनाएका छन् ।

गुल्मीबाट नेपाल समूहमा रहेका जिल्ला नेताहरुले पार्टी विभाजन गरेर, सूर्य चिह्न छोडेर जिल्लामा नयाँ पार्टीको कुनै भविशय नभएको नेता गोकर्ण विष्ठलाई दवाव दिँदै आएका थिए । पहिलेदेखि नै पार्टी विभाजन रोक्ने अभियानमा लागेका विष्ट पनि आफ्नो भूगोलको वास्तविकता हेरेर नेपाल समूहको साथ छोडेका छन् ।

पाल्पाका युवा नेता ठाकुर गैरे र माधव नेपालका सम्धी नै रहेका सोमप्रसाद पाण्डे पनि नयाँ पार्टीमा समेटिन चाहेनन् ।

‘जीवनभर पार्टी निर्माणमा लागेका कमरेडहरुले माधव नेपालको साथ छोड्नु उनलाई उनलाई डुबाउने निश्चित छ । आखिर यो बाध्यता ओलीको दोष मात्र रहेनछ भन्ने पुष्टि भयो,’ युवा नेता देवराज पोखरेलको भनाइ छ ।

विश्लेषक ऋषि आजादको भनाइमा नेपाल समूहमा रहेका प्रभावशाली नेताहरुले उनको साथ छोडेपछि भविश्य बनेको छ ।

‘नेकपा रहँदा माओवादी क्याप्मबाट एमालेमा रहेका नेता कार्यकर्ताहरु अहिले नेपाल समूहबाट छाडेर जानेभन्दा निकै धेरै रहेकाले साविकको एमालेलाई संख्यात्मक घाटा हुँदैन, उनले भने ।

विश्लेषक डीआर घिमिरेका अनुसार माधव नेपालको समूहमा रहेका नेताहरु आफ्नो भविश्य हेरेरै उता नलागेको हुनसक्ने अनुमान गर्छन् ।
‘पहिलो त भूगोलमा कमजोर हुने विश्लेषण हो, दोस्रो पार्टी विभाजन गरेर सफल भइँदैन भन्ने विगतको अनुभव पनि हो, तेस्रो स्थानीय कार्यकर्ताले कुनै पनि हालतमा सूर्य र मूलधार छाडे साथ दिन नसकिने दवाव हो, चौथो माधव नेपाल माओवादीलाई साथ लिएर अगाडि बढेन खोजेको संकेत पाएर पनि हो । र केही नेताहरु नेपालसँगको सल्लाहमै अवस्था बुझेर पछि जाने रणनीतिक योजनाले पनि बसेका हुनसक्छन् तर यो सम्भावना कमजोर छ, उनले भने ।

रुपन्देहीमा नेपाल समूहको अध्यक्ष रहेका राजु गुरुङले भने जो–जो नेताहरु जता लागेपनि आफू समाजवादीमा दृढ भएर लाग्ले बताए । सोही समूहमा रहेका नेता सिद्धिचरण भट्टराईले कुन–कुन नेताहरु अहिले नेपाल समूहमा रहे भन्ने विषयले अर्थ नलाग्ने बताउँदै यो विद्रोहले सफलता पाउने दावी गरे ।

उनले बिगतमा पनि गलत कामको विरोध गरेर संस्थापन पक्ष छोड्नेहरु सफल रहेको दावी गर्दै केही नेताहरु अहिले नआउनु रणनीतिक योजना भएको तर्क गरे ।

लुम्बिनीबाट नेपालको नयाँ पार्टीमा डा. बेदुराम भुसाल, डा. विजय पौडेल, रामकुमारी झाँक्री, मेटमणि चौधरी सहभागी छन् ।

याे पनि पढ्नुहाेस्

माधव पक्षमा रहेका लुम्बिनीका दुईमात्र सांसद पनि एमाले समाजवादीमा नजाने

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर